
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।
कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत पाए भने केसीले ९२७ मत पाए ।
पहिलो चरणमा तीन जना सभापतिका उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि आइतबार दोस्रो चरणको मतदान भएको हो ।
पहिलो चरणबाट बाहिरिएका सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।
पहिलो चरणमा बानियाँले ९९२ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार केसीले ८७२ मत पाए । तेस्रो भएका प्रधानले १९७ मत ल्याएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4