
२० मंसिर, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो ।
कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4