+
+

म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १२:१७

२० मंसिर, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ । सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो ।

७६ वर्षीया सुकीमाथि भ्रष्टाचारलगायतका आरोपमा मुद्दा चल्दै आएको छ । आज भने उनीविरुद्ध सेनाविरुद्ध भड्काउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको मुद्दामा फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

म्यानमारमा गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको पार्टीले जित हासिल गरेको थियो । तर त्यहाँको सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै आएको छ । साथै सुकीलगायतका सत्तारुढ नेताहरुलाई जेलमा हालेर शासन सत्ता आफ्नो हातमा लिएको छ ।

म्यानमारको सेनाले कु गरेको विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना नागरिकको ज्यान गइसकेको छ ।

म्यानमारमा सुकीको लोकप्रियता अझै पनि कायम छ । उनलाई सैन्य शासनविरुद्धको संघर्षको प्रतीक मान्नेहरु असंख्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?