News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्मारकी नेतृ आङसाङ सुकीलाई कारागारबाट घरमै नजरबन्दमा सारिएको छ।
- सैन्य प्रमुख मिन आङ लाइङले आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिएको बताएका छन्।
- उनका छोरा किम एरिसले आमा जिउँदो रहेको कुनै प्रमाण नभएको र सरकारी तस्वीरको औचित्य नरहेको बताएका छन्।
१८ वैशाख, काठमाडौं । म्यान्मारकी नेतृ आङसाङ सुकीलाई कारागारबाट घरमै नजरबन्द (हाउस अरेस्ट) मा सारिएको छ ।
८० वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई सन् २०२१ मा सैन्य विद्रोहबाट सत्ताच्यूत गरिएपछि हिरासतमा राखिएको थियो ।
म्यान्मारका सैन्य प्रमुख मिन आङ लाइङले भनेका छन्, ‘ आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिइएको छ ।’
मिन आङ लाइङले नै म्यान्मारमा सैन्य विद्रोहको नेतृत्व गरेका थिए । नेतृ आङसाङ सन् २०१५ मा सत्तामा आएकी थिइन् । उक्त समयमा म्यान्मारका तत्कालीन शासकहरूले लोकतान्त्रिक सुधार लागू गरेका थिए ।
त्यसअघि उनी लामो समयसम्म सैन्य शासनका दौरानका लोकतन्त्र समर्थक ‘अभियान्ता’ थिइन् । उनलाई यसअघि पनि १५ वर्षसम्म ‘हाउस अरेस्ट’ मा राखिएको थियो ।
बीबीसीका अनुसार म्यान्मारको सरकारी मिडियामा सूकीको एक तस्वीर सार्वजनिक भएको छ । जसमा उनी दुई जना बर्दीधारीका साथ बसेको देखिन्छ ।
उनका छोरा किम एरिसले सैन्य सरकारको पछिल्लो घोषणाप्रति आशंका जनाउँदै आमा जिउँदो रहेको कुनै प्रमाण नभएको बताएका छन् ।
सरकारी मिडियामा सार्वजनिक भएको तस्वीरको कुनै औचित्यसमेत नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4