+
+

फ्रान्समा राष्ट्रपतिका उम्मेदवारमाथि र्‍यालीमै आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते २०:४३

२० मंसिर, काठमाडौं । फ्रान्सको राष्ट्रपतीय निर्वाचनका दक्षिणपन्थी उम्मेदवार एरिक जिमुरमाथि आक्रमण भएको छ ।

जिमुरले आयोजना गरेको पहिलो चुनावी र्‍यालीमा उनीमाथि आक्रमण भएको बीबीसीले जनाएको हो । र्‍यालीमा सहभागी भीडको बीचबाट मञ्चमा जाने क्रममा एक व्यक्तिले केही समय उनको कठालो समातेका थिए । लगत्तै सुरक्षा अधिकारीहरूले हस्तक्षेप गरेका थिए ।

जिमुरले आयोजना गरेको चुनावी र्‍यालीमा झण्डै १० हजार मानिस आएका थिए । त्यस्तै कयौं मानिसले उनीविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार आक्रमणपछि जिमुरको नाडीमा चोट लागेको छ । चिकित्सकले उनलाई ९ दिन आराम गर्न सल्लाह दिएको पनि समाचारमा उल्लेख छ ।

पूर्व पत्रकार एवं विश्लेषक समेत रहेका ६३ वर्षीय जिमुरलाई आप्रवासी र दोस्रो विश्वयुद्धबारे विवादित टिप्पणी गर्ने पात्रको रुपमा समेत चिनिन्छ ।

मंगलबार जिमुरले आगामी अप्रिल १० मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?