+
+

सप्तरी–४ मा कांग्रेसको पौडेल समूह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते ११:१४

२१ मंसिर, सप्तरी । नेपाली कांग्रेस सप्तरीको क्षेत्र नम्बर ४ मा रामचन्द्र पौडेल समूहको प्यानलै निर्वाचित भएको छ ।

आइतबार भएको निर्वाचनको मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार पौडेल समूहका सिताराम साह क्षेत्रिय सभापतिमा निर्वाचित भएका छन् । ३ सय ४ मत ल्याएर साह निर्वाचित हुँदा संस्थापन पक्षका किरण भगतले २ सय ५९ मत प्राप्त गरेका छन् ।

सचिवमा साह प्यानलका रमेश कुमार चौधरी र बासुदेव ठाकुर, सहसचिवमा सागरनन्द चौधरी र ललितनारायण यादव निर्वाचित भएका छन् ।

सदस्यमा रामकुमारी चौधरी, फुलमहम्द मियाँ, दुखी तत्मा, रामप्रसाद चौधरी, उर्मिला देवी यादव, संजय कुमार यादव, शर्मिला कुमारी मण्डल, सेवा दास, मनोज कुमार चौधरी र भौसाई मियाँ निर्वाचित भएको निर्वाचन समितिका सदस्य विनय कर्णले जानकारी दिए ।

महाधिवेसन प्रतिनिधिमा साह समूहकै २५ जना निर्वाचित भएका छन् ।

यसअघि सप्तरीको क्षेत्र नम्बर १, २ र ३ मा संस्थापन पक्षका उम्मेदबार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा ललन गुप्ता, २ मा महानन्द यादव र ३ मा भूपेन्द्र यादव निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?