+
+
Shares

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १२:४७

काठमाडौं । सिभिल बैंक लिमिटेडको सञ्चालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष सञ्चालक प्रतापजङ्ग पाण्डेले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

शपथ ग्रहण गर्दै अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरे ।

बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको र यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने बताए ।

बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको भन्दै उनले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?