
२२ मंसिर, काठमाडौं । नायिका अदिती बुढाथोकीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ‘बाबरी’को छायांकन केही दिन अगाडि सकिएको छ । चलचित्रको छायांकन सकिएपछि यसका कलाकार सिक्किम घुमघाममा व्यस्त छन् ।
सुरेन्द्र पौडेलद्वारा निर्देशित यो चलचित्रमा अदितीको साथमा नायकद्वय धिरज मगर र धिरज टोट्लानीको अभिनय छ ।
चलचित्रको छायांकन अवधिभर निर्माणपक्षले अदिती र दुई धिरजको तस्वीर एकसाथ सार्वजनिक गरेको थिएन । तर, नायिका बुढाथोकीले छायांकन सकिएपछि भने दुई धिरजसँगको तस्वीर शेयर गर्दै खुशी साटेकी छन् ।
उनले चलचित्रको छायांकनको अवधि निक्कै रमाइलो र यादगार रहेको उल्लेख गरेकी छन् । धिरज टोट्लानी अभिनय तृप्ती नाडकरका छोरा हुन् । उनी यही चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गर्दैछन् ।
चलचित्र ‘बाबरी’ले त्रिकोणात्मक प्रेमकथालाई भन्नेछ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।
प्रतिक्रिया 4