+
+

नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ कलेजलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १४:४५

२२ मंसिर, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै शैक्षिक सत्र २०७८-०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो ।

ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने सीटीईभीटीले जनाएको छ ।

त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने सीटीईभीटीले जनाएको छ ।

हेनुस् १५ कलेजको नामसहितको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?