+
+

विक्की-कट्रिनाले ८० करोडमा बेचे बिहेको भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १४:४७

२२ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । उनीहरु बिहीबार विवाह बन्धनमा बाँधिदैछन् ।

कट्रिना र विक्कीले आफ्नो विवाह समारोहलाई गोप्य बनाउने तयारी गरेका छन् । यसको पछाडि केही कारण छ ।

कट्रिना र विक्कीले आफ्नो विवाहको भिडियो महंगो रकममा अमेजन प्राइमलाई बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार कट्रिना–विक्कीको विवाहको भिडियोका लागि अमेजनले ८० करोड भारतीय रुपैयाँ तिरेको छ । केही दिनअघि  विक्की र कट्रिनाको विवाहको दृश्य सार्वजनिक गर्न एक ओटीटी प्लेटफर्मले एक सय करोडको अफर गरेको खबर सार्वजनिक भएको थियो ।

त्यसैले पनि विक्की र कट्रिना आफ्नो विवाहको भिडियो सामाजिक सञ्जालमा अहिले नै भाइरल नहोस् भन्ने चाहन्छन् । यसका लागि उनीहरुले विवाहमा उपस्थित अतिथिहरुलाई पनि भिडियो नखिच्न आग्रह गरेका छन् । उनीहरुको विवाहमा मोबाइल लैजान समेत प्रतिबन्ध लगाइएको खबर बाहिरिएको थियो ।

कट्रिना-विक्कीको विवाह कार्यक्रम राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित भव्य होटलमा हुँदैछ । विवाहमा केही बलिउडकर्मीसहित १२० जनालाई निमन्त्रणा गरिएको छ ।

कट्रिना-विक्कीको विवाहको दृश्य अमेजनले अर्को वर्ष सार्वजनिक गर्नेछ । यसअघि अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको भिडियो पनि ओटीटी प्लेटफर्मलाई बेचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?