+
+

डा.चिरञ्जीवी नेपालको पुस्तक ‘वीपी कोइरालाको आर्थिक विचार’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १६:४३

२२ मंसिर, काठमाडौं। पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ।

डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गरेका छन् । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली काँग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए ।

उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताए । डा.नेपालले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताए ।

पूर्वगभर्नर नेपालले भने, ‘म बाध्य किन भएँभन्दा आजभन्दा ४ वर्षअघि ७० वर्ष गर्‍यो वृद्धभत्ता एमालेको सरकारले । त्यसपछि नेपाली काँग्रेसको सरकारले ६४ वर्ष बनायो। मैले गएर भने पनि त्यति बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो। के गरेको यो ? हामी स्पष्ट कहाँ छैनौँ ? नेपाली काँग्रेस के हो ? कुन रुपमा, आर्थिक दृष्टिकोणमा, प्रजातान्त्रिक दृष्टिकोणमा कसरी फरक भनेर हिजोको दिनमा विश्वेश्वरप्रसाद कोइरालाले त्यसरी स्पष्ट देखाएर हिँडेको पार्टी आज हामी कम्युनिष्ट भन्दा पनि फरक हुन सकेनौँ । तानाशाही भन्दा पनि फरक हुन सकेनौँ । झनै फलो गर्दै उनीहरुको काम गर्दै गयौँ । पार्टीमा नयाँ जेनेरेशन आउँदैछ, यसले ठूलो अन्याय हुन्छ । विश्वमै चर्चित सोच भएर ख्याति कमाएको मानिसले सिर्जना गरेको पार्टीमा अहिले विचारै छैन । न आर्थिक विचार छ न प्रजातान्त्रिक विचार ।’

कार्यक्रममा उद्योगपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए। उनले पुस्तकमा भनेका बिपीका कुराहरु अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताए । सांसद चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बिपीको भनाइ आज पनि उत्तिकै सान्दर्भीक भएको बताए ।

‘विश्वले चिनेको त्यो स्केलको राजनीतिज्ञ नेपालमा कहिल्यै पनि जन्मिएन । भविष्यको बारेमा भन्न कठिन छ । उनले भनेका के कुरामा मलाई अझ पनि सान्दर्भीकता लाग्छ भने राजनीतिक भनेको प्रोफेशन होइन। राजनीति भनेको सेवा गर्ने माध्यम हो।’ सांसद चौधरीले भने, ‘आफ्नै खुट्टामा उभिएको राजनीतिक कार्यकर्ता जसलाई उसको प्रचारको लागि २ लिटर तेल मोटरसाइकलमा हाल्नु नपरोस् । जबसम्म ती प्रकारको कार्यकर्ताहरु जन्मिदैनन् तबसम्म ती कार्यकर्ताहरुले सही नेताहरु जन्माउँदैनन् । यो एउटा समस्या आजसम्म पनि विद्यमान छ ।’

बिपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको सांसद चौधरीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment