+
+

स्की खेलाडी सफलरामले इटलीमा तयारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते २१:०७

२२ मंसिर, काठमाडौं । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठ सन् २०२२ को शीतकालीन ओलम्पिकको तयारीका लागि इटाली जाने भएका छन् । सफलराम बिहीबार इटली जाने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

बेइजिङ विन्टर ओलम्पिक २०२२ फेब्रुअरी ४ देखि २० सम्म चीनमा आयोजना हुनेछ । एनओसीका अनुसार सफलरामले इटालीको पगानेला स्की रिसोर्टमा प्रशिक्षण गर्नेछन् । यस्तै उनले जनवरी १६ देखि विभिन्न अन्तर्राष्ट्रिय एफआइएस च्याम्पियनसिपमा भाग लिने पनि एनओसीले जनाएको छ ।

एनओसी तथा नेपाल स्की संघका समेत अध्यक्ष रहेका जीवनराम श्रेष्ठले उनलाई बुधबार सातदोबाटोस्थित एनओसी भवनमा बुधबार विदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?