+
+

चुनिए ‘सनसिल्क ग्याङ्ग अफ गर्ल्स’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते ११:४३

२३ मंसिर, काठमाडौं । आशिना देउला, ललाना चिमरिया र प्रतिमा  कार्की सनसिल्क दशैं भाइब कन्टेस्टका विजेताहरु घोषित भएका छन् । ८ डिसेम्बर २०२१ मा काठमाडौंको मेरियट होटेलमा भएको ग्रान्ड फिनालेमा उनीहरुले सनसिल्क ग्याङ्ग अफ गर्ल्सको अनुहार बन्दै १ लाख जिते ।

सनसिल्क दशैं भाइब्स प्रतियोगिता १४ सेप्टेम्बर देखि २३ अक्टोबर २०२१ सम्म सञ्चालन भएको थियो । सो सहभागीहरुले आफ्ना दशैं भाइबको आकर्षक हेयर स्टाइलहरु दर्शाउन पर्ने गरी डिजिटल प्रतियोगिता थियो । सहभागी मध्ये तीन जना विजेताहरुले पि्रज्मा र पि्रन्सीका साथमा सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बन्ने र रु. एक लाख जित्ने मौका थियो ।

२३ अक्टोबर २०२१ मा यस कन्टेस्टको पहिलो चरण सकिएको थियो र यसमा २८५४ जना सहभागीहरु थिए । सबै सहभागीहरुमध्ये १५० जना दोस्रो चरणका लागि चयन भएका थिए । उनीहरुले अर्को एउटा भिडियो बनाए, जसमा आफूलाई साधारणबाट सनसिल्क दामी लुकमा परिवर्तन गर्नुपर्ने थियो । जसमा अदिना, लललना र प्रतिमा सपल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?