+
+

चाक्सीबारी पुगेका नेताहरुलाई प्रकाशमानको जवाफ : मेरै नाममा सहमति गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:३३

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पौडेल पक्षबाट सभापतिको उम्मेदवारमा आफ्नो नाममा सहमति गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

सभापतिको साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरुलाई दिने प्रस्ताव लिएर नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य सिंहको निवास चाक्सीबारीमा पुगेका थिए । सो भेटमा नेतात्रयले साझा उम्मेदवार तय हुन नसके जित्न नसक्ने भएकाले सहमति खोज्नुपर्ने बताएका थिए ।

सिंहले पनि आफू सहमतिका लागि तयार रहेको बताए । तर सभापतिमा आफू नै उठ्नुपर्ने उनको अडान छ । आफ्नो नाममा किन सहमति हुन सक्दैन भन्ने प्रश्न गर्दै उनले भनेका छन्, ‘रामचन्द्रजीलाई मैले १३ औं महाधिवेशनमै छाडिसकेँ । शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?’

आफू सभापतिको उम्मेदवार बन्दा रामचन्द्र पौडेल बाहेक सबै नेता आफ्नो टिममा अटाउन सक्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?