
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा आएनन् ।
१४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन राखिएको बैठकका लागि पार्टीका मुख्यसचिव आफैं घरमा पुगेर नेता पौडेललाई खबर गरेका थिए ।
पौडेलले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बैठकमा नआउने बताएका थिए । तर किन भन्ने नखुलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । बिहीबार दिउँसो केन्द्रीय कार्यसमिति बैठक बस्यो, तर वरिष्ठ नेता पौडेल सहभागी भएनन् ।
आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न नसके राजनीतिबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका थिए । लगतै केन्द्रीय कार्यसमितिमा अनुपस्थित हुनुलाई यससँग जोडेर हेरेका छन् ।
प्रवक्ता शर्माले भने, ‘भोलि (उद्घाटन समारोह) पनि आउनु भएन भने दुःखद हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4