+
+

मालीमा बम विस्फोटमा परी ७ जना शान्ति सेनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १५:४१

२३ मंसिर, काठमाडौं। अफ्रिकी मुलुक मालीमा भएको बम विस्फोटमा परी राष्ट्रसंघका ७ जना शान्ति सेनाको मृत्यु भएको छ ।

बुधबार बिहान मध्य मालीको बन्डियागारा क्षेत्रमा भएको बम विस्फोटमा परी ७ जना शान्ति सेनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । विष्फोटमा परी टोगोका ७ जना सैनिकको मृत्यु भएको र ३ जना गम्भीर घाइते भएको समाचारमा उल्लेख छ ।

डुएन्ट्जा शहरबाट सेभारेतर्फ जाने क्रममा शान्ति सेना सवार गाडी विस्फोटमा परेको राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी डुजारिकले बताए ।
गुटेरेसले घटनाको निन्दासहित मृतक सैनिकका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइते सैनिकको शीर्घ स्वास्थ्य लाभको कामना गरेको पनि डुजारिकको भनाइ छ ।

‘महासचिवले मालिका अधिकारीलाई आक्रमणका दोषी पहिचान गरी न्यायको कठघरामा ल्याउने कार्यमा कुनै कसर बाँकी नराख्न अनुरोध गर्नु भएको छ’, डुजारिकले भने ।

त्यस्तै, राष्ट्रसंघीय शान्ति अभियानका लागि उप-महासचिव जाँ पियेरे लाक्रोइँले अपराधीलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

मालीका लागि गुटेरेसका विशेष प्रतिनिधि एल घसिम वेनले समेत बम विस्फोटलाई ‘कायरतापूर्ण’ भन्दै निन्दा गरेको छन् । मालीमा २ सयभन्दा शान्ति सेनाले ज्यान गुमाएको स्मरण गर्दै पछिल्लो आक्रमण युद्ध अपराध बराबर भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?