+
+
Shares

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १३:३०

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले ‘टीबीसी जब फेयर– २.०’ सम्पन्न गरेको छ । कलेजले उक्त कार्यक्रम कलेज परिसरमा बुधबारदेखि शुरु गरेको थियो ।

कार्यक्रममा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी कुल ४१ कम्पनीहरुको सहभागीता रहेको थियो। जब फेयरमा ४ सयभन्दा बढी रोजगारीका लागि विद्यार्थीहरुले अन्तक्रिया र अन्तर्वार्ता दिएका थिए ।

कलेजको पूर्व विद्यार्थीहरुसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका साथै स्नातोकोत्तर तहको एमएससी आईटी, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएको कलेजले जनाएको छ ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका कम्पनीहरुको उपस्थिति थियो।

जब फेयरबारे कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले रोजगारी गर्न चाहने विद्यार्थीहरूका लागि रोजगारी खोज्न कलेजले मद्धत गर्दै आइरहेको बताए । जब फेयर कार्यक्रमले विद्यार्थीहरूलाई आवश्यक पर्ने सही रोजगारी वा इन्टर्नशिप खोज्न सघाउने उनले बताए ।

कलेजका स्टुडेड सर्भिस र इन्टर्नसिप विभागका प्रमुख सुनिल श्रेष्ठले विद्यार्थीहरूले स्नातक गरेपछि सिधै काममा जाने अवसर सुनिश्चित गर्न र उनीहरूको रोजगारी क्षमता र सीपहरू सुधार गर्न फ्रोक्स जबसँग साझेदारी गरेको बताए ।

जब फेयरमा सहभागी कम्पनीहरु 

  • लक्ष्मी इन्टरकन्टिनेन्टल ग्रुप (हुण्डाई)
  • घोराही सिमेन्ट
  • सम्राट सिमेन्ट
  • सीजी होल्डिङ
  • क्लासिक टेक
  • डिसहोम प्रालि
  • एसएमटेक टेक्नोलोजी
  • सेफ्वे टेक्नोलोजी
  • क्लाउड फ्याक्ट्री
  • जेनेसिस सोलुसन्स
  • वियोण्ड आईडी
  • लिप फ्रग टेक्नोलोजी इंक
  • पेप्सी (वरुण विभरेज)
  • सामसुङ इण्डिया
  • विशाल ग्रुप (यूडीएन)
  • दक्ष नेपाल
  • आईडीपी
  • आईएमई ग्रुप
  • मिडास, दराज
  • सस्तो डिल
  • एक्ट ३६०
  • एफवान सफ्ट (इ–सेवा)
  • यूएनडीपी
  • भीएसओ इन्टरनेशनल
  • टिच फर नेपाल
  • अम्बे स्टिल्स
  • शंकर ग्रुप (जगदम्बा स्टिल्स)
  • सीजी फुड्स
  • सुजल फुड्स
  • सिद्वीलक्ष्मी स्टिल्स
  • जावलाखेल ग्रुप अफ कम्पनी
  • फ्युलर हिमालयन लिमिटेड
  • उपाय सिटी कार्गो
  • किरन सुज
  • गोल्यान ग्रुप
  • सीई कन्स्ट्रक्सन
  • नेपाल लाइफ इन्स्योरेन्स
  • वर्ल्ड लिंक प्रालि लगायतका अन्य कम्पनीहरु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?