+
+

भृकुटीमण्डपबाट हटाइयो उम्मेदवारको प्रचार सामग्री

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ मंसिर २३ गते १९:३९

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका नेताहरुले महाधिवेशनस्थल भृकुटीमण्डपबाट प्रचार सामग्री हटाएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । तर उम्मेदवारहरुले महधिवेशनस्थल भृकुटीमण्डपमा आफ्नो प्रचार गरिसकेका थिए । कांग्रेसको निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारले प्रचार प्रसार गरेको भन्दै आलोचना भएपछि नेताहरुले प्रचार सामग्री हटाएका हुन् ।

भृकुटीमण्डपको मूलगेटदेखि नै उम्मेदवारहरुले आफ्नो प्रचार सामग्री तुल, ब्यानर बनाएर टाँगेका थिए । नेता उदयशम्शेर राणालगायतका उम्मेदवारले बिहीबार साँझ आफ्नो प्रचार सामग्री हटाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?