+
+
Shares

देउवाको विकल्प खोजिरहेका छौं तर सफल हुन सकेका छैनौं : मिनेन्द्र रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १०:०९
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको बताएका छन् । उनले महाधिवेशन उदघाटनको दिन आइसक्दा पनि सभापतिको उम्मेदवार चयन गर्न नसकेको स्वीकार गरेका हुन् ।

शुक्रबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने, ‘हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौं तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन ।’

कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रिजालले सभापतिको टुंगो नलाग्दा आफूहरु पनि अलमलमा परेको गुनासो गरे । ‘म अहिले शीर खोजिरहेको छु, सभापतिको उम्मेदवार को बन्ने निश्चित छैन, उनले भने, ‘देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन ।’

उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने प्रयास भइरहेको बताए । पौडेल समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा अडान छोडेका छैनन् ।

संस्थापन समूहबाट भने शेरबहादुर देउवा फेरि पनि सभापतिमा दोहोरिने तयारी गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?