+
+

भारतमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान ३१ जनवरीसम्म स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते ८:३२

२४ मंसिर, काठमाडौं । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण थप फैलिन नदिने उद्देश्यले अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई ३१ जनवरीसम्म स्थगित गर्ने निर्णय गरेको छ ।

यसअघि भारत सरकार १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा थियो । भारतको नागरिक उड्डयन महानिर्देशनालयले सूचना जारी गर्दै अब यी उडानहरु ३१ जनवरीसम्म स्थगित भएको जानकारी दिएको हो ।

यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो उडानमा भने लागू हुने छैन । भारतको नागरिक उड्डयन महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई विशेष परिस्थितिमा मन्जुरी दिन सकिने जनाएको छ ।

भारतले ३० भन्दा धेरै देशहरुसँग एयर बबल सम्झौता गरेको छ, सो सम्झौता अनुसारका उडान पनि जारी रहने महानिर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?