+
+
Shares

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीको शुभकामना– सम्बन्ध अझ बलियो हुँदै जाओस्

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ ।
  • प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध र जनस्तरको निकट सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
  • ‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,’ प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भन्नुभएको छ ।

३० साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।

उनले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,’ प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भनेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?