+
+
Shares

कांग्रेसले भन्यो : संसद्‌ हरेक दिन प्रधानमन्त्री खोजेर ढ्याप-ढ्याप गर्नुपर्दा लाज लागिसक्यो

नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले संसद्‌मा हरेक दिन प्रधानमन्त्री खोजेर ढ्याप–ढ्याप गर्नुपर्दा लाज लागिसकेको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले संसद्‌मा हरेक दिन प्रधानमन्त्री खोजेर ढ्याप–ढ्याप गर्नुपर्दा आफूलाई लाज लागिसकेको बताएका छन् ।
  • विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै साढे दुई महिनादेखि संसद्‌मा विरोध जनाउँदै आएका छन् ।
  • प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भनी दिएको अभिव्यक्तिको तथ्य स्पष्ट पार्न विपक्षीले सदनमा निरन्तर माग गरेका छन् ।

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले संसद्‌मा हरेक दिन प्रधानमन्त्री खोजेर ढ्याप–ढ्याप गर्नुपर्दा लाज लागिसकेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा ढ्याप–ढ्याप गरेर सभामुखसँग समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

विपक्षी दलहरूले साढे दुई महिनादेखि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग गर्दै आएका छन् । यस निम्ति हरेक दिन बैठकमा ढ्याप–ढ्याप गरेर समय लिन्छन् र आफ्ना कुरा राख्छन् । तर प्रधानमन्त्रीले विपक्षीको यस्तो माग ख्याल गरिरहेका छैनन् ।

यस सन्दर्भमा सांसद स्वारले लाज लागिसकेको बताएका हुन् ।  ‘आज हाम्रो दैनिकी टेबुलमा ढ्याप–ढ्याप गरिरहनु पर्दा हामीलाई पनि लाज लागिसकेको छ’ उनले भने ।

तर राष्ट्रका प्रमुख व्यक्ति भएर सदनबाटै नेपालले पनि भारतको जग्गा मिचेको भनेर दिएको अभिव्यक्ति ँिदा प्रधानमन्त्रीलाई लाज लाग्न नसकेको उनले बताए ।

१७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे दुई वटा कुरा राखेका थिए ।

लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमिया नोट भारत सरकारलाई पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले राखेका थिए ।

‘यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ बालेनले भनेका थिए, ‘उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’

नेपालको तर्फबाट समेत भारतीय भूमि प्रयोग भएको भन्ने विषय पनि उठाएका थिए ।

‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ प्रधानमन्त्री बालेनले भनेका थिए, ‘त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ । के छ ? त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’

यी दुवै विषयमा तत्कालै विवादमा परे । विपक्षी दलहरूले यसबारे तथ्य खोजे । तर संसद्ले साढे दुई महिनासम्म प्रधानमन्त्री बालेनबाट स्पष्टीकरण पाएको छैन ।

बरु संसद् बैठक बस्दा हरेक दिन सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विषय उठ्छ । सभामुखले सुन्छन् । सत्तापक्षका सांसदहरू पनि सुन्छन् । यसमा थप प्रगति हुन सकेको छैन ।

यसकारण कांग्रेस सांसद स्वारले संसद्मा हरेक दिन प्रधानमन्त्री खोजेर ढ्याप–ढ्याप गर्नुपर्दा लाज लागिसकेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?