+
+
Shares

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले सुरुदेखि सुनुवाइ गर्ने

कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा निस्सा हुने आदेश गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादको पुनरावलोकन गर्न निस्सा प्रदान गरेको छ।
  • कांग्रेसको असन्तुष्ट समूहले दिएको निवेदनका आधारमा अदालतले सो विवादको फेरि सुरुदेखि सुनुवाइ गर्ने भएको छ।

२१ साउन, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि सुनुवाइ गर्ने भएको छ ।

कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरवलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा निस्सा हुने आदेश गरेको हो ।

प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निस्सा हुने अनुमति दिएकाले कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला सुरुदेखि सुनुवाइ हुनेछ ।

यी न्यायाधीशबाहेक तीन जनाले गर्ने सुनुवाइमा यसअघिको फैसला सदर वा उल्टिने आदेश पनि हुनसक्छ । फैसला उल्टिएको खण्डमा कांग्रेसको असन्तुष्ट समूहले गरेको मागदाबी सहि ठहरिनेछ र विशेष महाधिवेशनले मान्यता पाउँदैन ।

सोही फैसला सदर भएको खण्डमा विशेष महाधिवेशनले मान्यता पाउनेछ ।

यसअघि न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।

देउवा पक्षको रिटलाई भने त्यतिबेला खारेज गरिदिएको थियो ।

यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?