+
+

‘पिस एण्ड युनिटी अ म्युजिकल टुर’मा दीपकदेखि मेलिनासम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १२:०६

२४ मंसिर, काठमाडौं । सन् २०१९ मा पहिलो पटक आयोजना भएको ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर’ अर्को वर्ष आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जापानबाट शुरु हुने टुर यूरोपका विभिन्न देशमा पुगेर सकिने जानकारी दिइयो । यसअघि आयोजना भएको टुर युरोपका विभिन्न देशमा भएको थियो ।

यसपटक म्युजिकल टुरमा गायक सञ्जय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रिन प्रधान, गायिका मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् । अप्रिलबाट जुलाईसम्म हुने यो टुरको शुरुआत जापानबाट हुने पिस एण्ड युनिटीका अध्यक्ष मनिष श्रेष्ठले जानकारी दिए । जुलाईमा अमेरिकामा पुगेर यो टुरको समापन हुने श्रेष्ठले बताए ।

यो टुरका लागि कलाकारहरुसँग न्यूनतम पारिश्रमिकमा सहमति भएको मनिषको भनाइ छ । उनले भने, ‘टुरबाट हुने नाफाको ८० प्रतिशत रकम पिस एण्ड ब्युटीफुल चिल्ड्रेन वेलफेयर’ नामक संस्थालाई च्यारिटी गरिनेछ ।

पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले च्यारिटीका लागि आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?