+
+

ए डिभिजन लिगमा फ्रेण्ड्समाथि मनाङको जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १५:३१

२४ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गरेको छ । यस सिजन तेस्रो जित हात पारेको मनाङ अंकतालिकामा शीर्ष स्थानमा समेत उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि विदेशी खेलाडी ओलावाले आफिज र दिनेश राजवंशीले गोल गरे । ओलावालेले पहिलो हाफ र दिनेशले दोस्रो हाफमा गोल गरे। दुवैको लिगमा यो दोस्रो गोल हो।

खेलको २२ औं मिनेटमा मनाङका एडेलाजा सोमिडेले पेनाल्छी बक्स भित्रबाट प्रहार गरेको बल पोष्टभन्दा केही माथिबाट बाहिरिएको थियो।

यस्तै ३९औं मिनेटमा ओलावाले आफिजले पेनाल्टी बक्स भित्रबाट हानेको बल फ्रेण्ड्का गोलकिपर राहुल रामचन्द्र यादवले बचाउँदा मनाङले अग्रता लिने अवसर गुमायो।

तर ४१ औं मिनेटमा ओलावालेले कप्तान अन्जन विष्टमो पासमा हेडमार्फत सहजै गोल गर्दै मनाङलाई अग्रता दिलाए। चोटका कारण नियमित कप्तान प्रकाश बुढाथोकी र विदेशी खेलाडी जमन एन्टोनी बिना नै मैदान उत्रेको फ्रेण्ड्सले पहिलो हाफमा मनाङ विरुद्ध कुनै खतरा आक्रमण गर्न सकेन।

दोस्रो हाफमा पनि मनाङले आक्रमण जारि राख्यो । ५५औं मिनेटमा कप्तान अन्जन विष्टले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेण्ड्सका गोलकिपरले बचाए ।
तर ७३औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा दिनेश राजवंशीले हेडमार्फत गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए। ८१औं मिनेटमा मनाङका सोमिडेले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेण्ड्सका गोलकिपर राहुलले सेभ गरे।

८७औं मिनेटमा फ्रेण्ड्सका नाथनियल जुडे गार्सियाले गोल गरेपनि अफसाईड भएको थियो। तेस्रो जितपछि अपराजित मनाङ ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हारपछि फ्रेण्ड्सको ४ खेलबाट २ अंक मात्र छ र रेलिगेसनको दबाब बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?