
२४ मंसीर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरपेक्षता शब्द ठीक नभएको बताएका छन् ।
पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संविधानमा केही त्रुटि भएको बताए ।
त्यसलाई परिवर्तन गर्दै जान सकिने भन्दै उनले भने, ‘मेरो व्यक्तिगत धारणा भन्न चाहन्छु, धर्मनिरपेक्षता शब्द ठीक होइन । धर्मनिरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’
महाधिवेशन नयाँ तागत दिन गर्ने भए पनि पछिल्लो समय नेतृत्वबारे मात्र कुरा हुने गरेको उनले गुनासो गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4