
२४ मंसिर, काठमाडौं । रामेछापको पर्यटन प्रवर्द्धनका लागि स्थापित अग्लेश्वरी हिल्स विकास कोषले नेपाली संगीत क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।
कोषले पुस १९ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, गीतका श्रवण मुकारुङ, गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तानलाई नगदसहित सम्मान गर्ने भएको हो ।
यस्तै कोषले ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ पनि आयोजना गर्ने अध्यक्ष सिजम सिंजालीले जानकारी दिए । विभिन्न २५ विधामा गीत–संगीत र चलचित्रको छेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई अवार्ड प्रधान गरिने सिंजालीले बताए ।
कोषले रामेछापको अग्लेश्वरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4