+
+

आर्मीको जितपछि प्रशिक्षक न्यौपानेले भने : स्ट्राइकरले गाेल गर्नु सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते २१:२२

२४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार च्यासल युथ क्लबलाई २-० ले पराजित गर्दै लगातार दाेस्राे जित हात पारेपछि त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्याैपानेले खुशी व्यक्त गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले गोल गरे । जितपछि आर्मीका मुख्य प्रशिक्षक न्यौपानेले हरेक खेलमा ३ अंक महत्वपूर्ण रहेकाे भन्दै अग्रपंक्तिकै खेलाडीले गोल गर्दा सन्तुष्ट देखिए ।

‘उपाधी होडमा रहेकाेले हरेक खेल हाम्राे लागि महत्वपूर्ण छ । ३ अंक महत्वपूर्ण छ ‘ पाेष्ट म्याच कनफ्रेन्समा न्याैपानेले भने, ‘आजको खेलमा स्ट्राइकरले गोल गरेको छ । त्यो हाम्रा लागि सकरात्मक पक्ष हाे । यसले आत्मविश्वास लेभल बढेकाे महसुस भएकाे छ ।’

प्रशिक्षक न्यौपानेले तीव्र गतिमा खेल्दा विपक्षीलाई गाह्राे भएकाे र आफूहरु सफल भएकाे बताए । उनले विंगबाट क्रस निस्किएपनि सेन्ट्रल मिड फिल्डमा अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । ‘मिडफिल्डबाट जसरी बल सप्लाई हुनुपर्ने त्यासमा ल्याक भएकाे छ । आगामी दिनमा सुधार गर्दै ३ अंक जाेड्ने गरी खेल्नेछाैँ’ उनले भने ।

जितपछि आर्मी ४ खेलबाट ८ अंक जाेडेर दाेस्राे स्थानमा उक्लेकाे छ ।

च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पहिलो हाफमा राम्रो नखेल्दा टिमले हार व्यहोरेको बताए । ‘पहिलो हाफ खेल राम्रो भएन । आर्मीले राम्रो खेल्यो । हाम्राे रिकभरी रन भएन,’ उनले भने ‘दोस्रो हाफमा केही परिवर्तन गर्न खोजेका थियौं तर गोल गर्न सकेनौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?