+

आर्मीको जितपछि प्रशिक्षक न्यौपानेले भने : स्ट्राइकरले गाेल गर्नु सकारात्मक

२०७८ मंसिर  २४ गते २१:२२ २०७८ मंसिर २४ गते २१:२२
आर्मीको जितपछि प्रशिक्षक न्यौपानेले भने : स्ट्राइकरले गाेल गर्नु सकारात्मक

२४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार च्यासल युथ क्लबलाई २-० ले पराजित गर्दै लगातार दाेस्राे जित हात पारेपछि त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्याैपानेले खुशी व्यक्त गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले गोल गरे । जितपछि आर्मीका मुख्य प्रशिक्षक न्यौपानेले हरेक खेलमा ३ अंक महत्वपूर्ण रहेकाे भन्दै अग्रपंक्तिकै खेलाडीले गोल गर्दा सन्तुष्ट देखिए ।

‘उपाधी होडमा रहेकाेले हरेक खेल हाम्राे लागि महत्वपूर्ण छ । ३ अंक महत्वपूर्ण छ ‘ पाेष्ट म्याच कनफ्रेन्समा न्याैपानेले भने, ‘आजको खेलमा स्ट्राइकरले गोल गरेको छ । त्यो हाम्रा लागि सकरात्मक पक्ष हाे । यसले आत्मविश्वास लेभल बढेकाे महसुस भएकाे छ ।’

प्रशिक्षक न्यौपानेले तीव्र गतिमा खेल्दा विपक्षीलाई गाह्राे भएकाे र आफूहरु सफल भएकाे बताए । उनले विंगबाट क्रस निस्किएपनि सेन्ट्रल मिड फिल्डमा अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । ‘मिडफिल्डबाट जसरी बल सप्लाई हुनुपर्ने त्यासमा ल्याक भएकाे छ । आगामी दिनमा सुधार गर्दै ३ अंक जाेड्ने गरी खेल्नेछाैँ’ उनले भने ।

जितपछि आर्मी ४ खेलबाट ८ अंक जाेडेर दाेस्राे स्थानमा उक्लेकाे छ ।

च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पहिलो हाफमा राम्रो नखेल्दा टिमले हार व्यहोरेको बताए । ‘पहिलो हाफ खेल राम्रो भएन । आर्मीले राम्रो खेल्यो । हाम्राे रिकभरी रन भएन,’ उनले भने ‘दोस्रो हाफमा केही परिवर्तन गर्न खोजेका थियौं तर गोल गर्न सकेनौं ।’

नवीन न्यौपाने फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय