
२५ मंसिर, काठमाडौं । उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ । बिहान बस्ने भने पनि बैठकको समय भने तोकिएको छैन ।
बैठक बोहराटारमा बस्ने केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
निर्वाचन सिमितिले आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ । तर पौडेल समूहले अझै सभापतिकको उम्मेदवारसमेत टुंगो लगाएको छैन ।
उम्मेदवार टुंग्याउन शुक्रबार राति बोहराटारमा बैठक बसेको थियो तर सभापतिको उम्मेदवारको टुंगो लागेन ।
पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापति नछाड्ने अडान लिएपछि उम्मेदवारको टुंगो लाग्न सकेको छैन । वरिष्ट नेता पौडेलको नाममा समेत सहमति हुन सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4