
२५ मंसिर, काठमाडैं । महेश आचार्यले नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रीय सदस्य आचार्यले आज दिउँसो उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।
हालसम्म कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् भने मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । अहिले मनोनयन जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मतदात भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा विभिन्न कलस्टर अनुसार कार्यसमितिको चुनाव हुँदैछ । पदाधिकारीका लागिसमेत कलस्टर छुट्याइएको छ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4