+
+

‘दराजको १२-१२ मा धेरै उत्साहप्रद अफर छन्’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १९:१७

२५ मंसिर, काठमाडौं । दराजले अनलाइन मेला १२/१२ को शुरु गर्दैछ ।  ११\११ को सफलतापछि दराजले गर्न लागेको १२/१२ बारे हामीले सेलर इन्गेजमेन्ट एण्ड पर्फर्मेन्स प्रमुख श्वेता सिजापतिसँग कुराकानी गरेका छौं ।

सन् २०२१ दराजका लागि फलदायी रह्यो । विशेष गरी ११/११ मा यसले ठूलो सफलता पायो । दराजले कसरी सफलता पाइरहेको छ ?

हो, यो वर्ष हाम्रा लागि निकै राम्रो रह्यो । नेपालमा हामीले ११/११ को कार्यक्रम मनाएको यो चौथो वर्ष हो र हामीले व्यापार, उपभोक्ता र सामान डेलिभरीको हिसाबमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता पायौं ।

११/११ को दिन  ७ लाख अनलाइन पसल दराजमा उपलब्ध थिए र हामीले त्यो दिन २४ घण्टाको अवधिमा ३६ करोड रुपैयाँको कारोबार गरेका थियौं । यसमध्ये पनि ६ करोडको व्यापार सो दिनको पहिलो १ घण्टामा भएको थियो । गत वर्षको ११/११ को तुलनामा हाम्रो व्यापारमा यसवर्ष १३० प्रतिशतको वृद्धि देखिएको छ । ११/११ मा व्यापार भएकोमध्ये करिब ५० प्रतिशत अर्डरमा अनलाइनबाट पहिला नै भुक्तानी भएको थियो । यसले पनि हामी अहिले अर्थतन्त्रको डिजिटलीकरणतर्फ अघि बढिरहेको देखाएको छ।

उपभोक्ताको सन्तुष्टिको लागि हामीले यो अभियानको लागि मात्र एक हजारभन्दा धेरै डेलिभरी हिरोज (सामान डेलिभरी गर्ने मानिस) राखेका थियौं । हामीले उक्त दिन ५३ हजारभन्दा धेरै अर्डर पुर्‍याएका थियौं । ११/११ मा व्यापारका लागि जोडिएका हजारौं बिक्रेतामध्ये ५५ प्रतिशत बिक्रेता महामारीको समयमा दराजमा व्यापारको लागि जोडिएका थिए । त्यसैले यो हाम्रो टोलीको प्रमुख उपलब्धीको रुपमा रहेको छ र हामीलाई यसमा गर्व पनि छ।

तपाईंहरुले फेरि १२/१२ को कार्यक्रम ल्याउनुभएको छ । तयारी कस्तो चलिरहेको छ ?

यस वर्ष हाम्रो ११/११ कार्यक्रम निकै राम्रो रहन पुग्यो । हामीले १२/१२ मा पनि त्यस्तै अपेक्षा गरेका छौं । हामीले यसमा ११/११ बाट सिकेका कुराहरुबाट आफ्नो सेवामा सुधार गर्नेर्छौं । त्यस्तै १२/१२ लाई ११/११ भन्दा पनि राम्रो बनाउन हामीले यसअघि राम्रो नतिजा दिन सफल रणनीतिलाई पनि कार्यान्वयन गर्नेछौं ।

वर्षको अन्तिम कार्यक्रम भएकाले हाम्रा प्रयोगकर्ताले हजारौं बिक्रेताहरुसँग आकर्षक सम्झौता र छुट पनि पाउनेहुनेछ । साथै उनीहरुले हाम्रो ब्राण्ड पार्टनरहरु रियलमी, सीजी, फिलिप्स, सामसुङ, लोटो, एर्के, वानप्लस, मसाला बिएड्स, जुएसबाट पनि निकै रामो अफर पाउनेछन् ।

हाम्रा बिक्रेताहरु पनि निकै उत्साहित छन् र १२/१२ मा आफ्नो तर्फबाट उत्कृष्ट सेवा दिन तम्तयार भएर बसेका छन् ।

१२/१२ कार्यक्रमबाट उपभोक्ताहरुले के अपेक्षा गर्न सक्छन् ? दराजले कस्ता अफरहरु ल्याएको छ ?

हामीसँग वर्षको अन्तिम कार्यक्रमका लागि उपभोक्ताहरुको लागि धेरै उत्साहप्रद डिल, भौचर र अफरहरु छन् । ग्राहकहरुले दराजका हजारौं उत्पादनमा ठूलो छुट पाउन सक्छन् । त्यसका साथै ग्राहकहरुले सबैभन्दा धेरै मन पराएको ‘वान रुपी गेम’ पनि १२/१२ कार्यक्रममा समावेश हुनेछ ।  त्यस्तै ‘मेगा गिभअवे’ को रुपमा हामीसँग यसपटक ‘वासिङ मेसिन’ छ ।

यिनीहरुका साथै ग्राहकले १० प्रतिशत बैंक डिस्काउन्ट पनि पाउन सक्छन्, डेबिट कार्डमा एक हजार र क्रेडिट कार्डबाट खरिद गर्दा दुई हजारसम्म पाउन सक्छन् । साथै ग्राहकले अगाडि नै अनलाइनबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउन सक्छन् । जसअन्तर्गत सीमित घण्टाको लागि उनीहरुले बढीमा पाँच सयसम्मको छुट पाउन सक्छन् ।

दराजबाट सामान किन्नेले आफ्नो सामान फिर्ता गर्न चाहेमा के गर्नुपर्छ ?

हाम्रा धेरै ग्राहकलाई दराजबाट सामान किन्नलाई धेरै सहज र सजिलो हुने अनुभव छ, सामान फिर्ताको लागि पनि हाम्रो त्यस्तै किसिमको व्यवस्था छ । आफ्नो सामान फिर्ता गर्न चाहने मानिसले दराजको एप वा वेबसाइटमा रिटर्न रिक्वेस्टमा गएर सही अर्डरको डिटेल्स हाल्नुपर्ने हुन्छ ।

त्यसपछि सामान फिर्ताको प्रक्रिया शुरु हुन्छ। फिर्ताको प्रक्रिया प्रयोग गर्ने र त्यसलाई राम्रोसँग हेर्ने मौका मिल्ने गरी मिलाइएको हुन्छ । हामी हाम्रा ग्राहकलाई आफ्नो सामान राम्रोसँग हेर्ने र पैसा फिर्ताको नीति पनि पढ्नको लागि आग्रह गर्छौं । सामान फिर्ता गर्न पाउने मिति सामान डेलिभर भएको सात दिनसम्म रहन्छ ।  दराज मल सेलर्सको हबमा भने ग्राहकले सामान डेलिभरी भएको १४ दिनसम्म पनि यो सामान फिर्ता गर्न सक्छन् ।

बिक्रेताहरुले दराजबाट कसरी लाभ लिन सक्छन् ? 

दराजमा हामीले ग्राहक र बिक्रेता दुवैको लागि व्यापारको राम्रो अनुभव मिलाउने व्यवस्था गरेका छौं । हामीले इन्स्ट्यान्ट म्यासेजिङ च्याट, सेलर पिक्स, बिजनेस एड्भाइजर, व्यावसायिक परामर्श, निःशुल्क आपूर्तिजस्ता सेवा प्रदान गर्दै आएका छौं । जसले हाम्रा बिक्रेताहरुलाई हाम्रो प्लेटफर्ममा आफ्नो व्यापार बढाउन सहयोग गर्छ ।

त्यस्तै हामीले बिक्रेतालाई ‘लर्निङ युनिभर्सिटी’ प्लेटफर्मको पनि व्यवस्था गरेका छौं । यसबाट उनीहरुले दराजमा आफ्नो व्यवसाय कसरी बढाउने भनेर जान्न सक्छन् । हामीले हालै मात्र ल्याएको ‘दराज लाइभ’ फिचरले बिक्रेताहरुलाई आफ्नो व्यापार बढाउन र धेरै ग्राहकमा विज्ञापनमार्फत पुग्न पनि सजिलो गराउँछ । त्यसका साथै हामीले ‘सारथी कार्यक्रम’मार्फत एसएमई बिक्रेतालाई सस्तो दरमा नबिल बैंकबाट ब्याज पनि लिन पाउने व्यवस्था गरेका छौं ।

एसएमई बिक्रेतालाई कोभिड–१९ को महामारीको कारण उत्पन्न परिस्थितिमा नयाँ एसएमई बिक्रेतालाई सहयोगको लागि हामीले पुनः ‘सहयात्री कार्यक्रम’ ल्याएका छौं।

एसएमई बिक्रेतालाई अनलाइन व्यापार र नेपालभरका ग्राहकमाझ पुग्नका लागि यो स्टिमुलस कार्यक्रम हो। यो कार्यक्रमअन्तर्गत हामीले सबै एसएमई बिक्रेतालाई दराजको बजार तीन महिनाको लागि निःशुल्क उपलब्ध गराउनेछौं । हालै मात्र हामीले उद्योग वाणिज्य महासंघसँग पनि उनीहरुको एसएमई बिक्रेतालाई समर्थन गर्न र एसएमईको आधार डिजिटल बनाउन पनि हस्ताक्षर गरेका छौं।

१२/१२ को अवसरमा आफ्ना ग्राहकहरुलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ? 

१२/१२ हाम्रो यस वर्षको अन्तिम कार्यक्रम हो र हामी यसका लागि तयार छौं । हामी हाम्रा ग्राहक, बिक्रेता, पार्टनर र सबै शुभेच्छुकले यस वर्ष गरेको सहयोगप्रति आभारी छौं । उत्कृष्ट अफरको मजा लिनुहोस् र १२/१२ कार्यक्रमको अधिकतम लाभ उठाउनुहोस् । साथै हामी ग्राहकलाई हाम्रो प्लेटफर्ममा व्यापार गर्दा उत्कृष्ट सेवा र अनुभव मिलोस् भन्ने कुराको सुनिश्चित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?