+
+
कांग्रेस महाधिवेशन :

पदाधिकारीका २ सहित ५८ जनाले लिए उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १४:०३

२६ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् ।

पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५६ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई शनिबार दिउँसो साढे १२ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो ।

उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्‍मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिए । न्यौपानेले शेखर कोइरालालाई समर्थन गरे भने चौधरीले शेरबहादुर देउवा प्यानलका सहमहामन्त्रीलाई समर्थन गरे ।

उम्मेदवारी फिर्ता लिने ५६ केन्द्रीय सदस्य भने विभिन्न क्लस्टरका छन् । उम्मेदवारी फिर्तापछि अब निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनको तयारी गरेको छ ।

निर्वाचन समितिका अनुसार अब एक सभापति पदमा ५ जना, दुई उपसभापति दुई पदमा सात जना, दुई महामन्त्री पदमा ६ जना र आठ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम छ ।

नेतृत्व चयनका लागि सोमबार विहान आठ बजे मतदान शुरु हुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?