+
+

सिटौलाले मागे देउवाका लागि भोट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १६:५४

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि शेरबहादुर देउवाको प्यानललाई भोट मागेका छन् ।

मतदानको अघिल्लो दिन आयोजित कार्यक्रममा सिटौलाले सडकमा बसेर आफूले देउवालाई समर्थन गर्ने बताए । देउवाको टीममा परिपक्कदेखि युवा टिम रहेको भन्दै उनले भने, शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता नदिने ? के बिग्रिएको छ ?’

अनेक विवादका बीच देउवाले पार्टीलाई बचाएको र अब पनि एकतावद्ध बनाउन सकिने उनले बताए । देउवाका लागि भोट माग्दै  सिटौलाले भने, ‘ अबको केही महिनापछि चुनाव गर्नुपर्नेछ । सभापतिमा हारेको प्रधानमन्त्री बोकेर चुनावमा जाने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?