+
+

लेबलिङ नभएका १५ खाद्य वस्तुको स्तर निर्धारण गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:०३

२६ मंसिर, काठमाडौं । सरकारले आइसक्रिम, छुर्पी, डेरी ह्वाइटनरसहित १५ खाद्य वस्तुको खाद्य स्तर निर्धारण गर्ने भएको छ । बजारमा प्रयोगमा रहेका तर खाद्य ऐनअनुसार लेबल तय नभएका यी वस्तुहरुको स्तर निर्धारण गर्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

आइसक्रिम, फ्रोजन डेजर्ट, खुवा कुरौनी, छुर्पी, डेरी ह्वाइटनर, कर्न स्टार्च, माल्टेड मिल्क फुडको खाद्य स्तर निर्धारण गर्न लागिएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् । यस्तै माल्ट बेष्ट मिल्क फुड, पास्ता, सोयासस् , सोयाबडी र ओट्सकोको पनि खाद्य स्तर निर्धारण अघि बढेको छ । पिनट्स बटर, कोकाबटर रमार्गरिनको पनि खाद्य स्तर निर्धारण अघि बढेको छ ।

खाद्य स्तर निर्धारणका लागि विषय विज्ञको टास्कफोर्स बनाइएको छ भने प्राविधिक उसमितिमा विज्ञहरुसहित विभिन्न चरणको छलफल सकिएको विभागले जनाएको छ । खाद्य स्तर निर्धारणपछि ति वस्तुको उत्पादन र बजारीकरणमा निश्चित मापदण्ड हुनेछ भने उपभोक्तालाई पनि स्वस्थ खाद्य वस्तु प्राप्तिको शुनिश्चितता हुने विभागकी महानिर्देशक वैद्यले जानकारी दिइन् ।

सबै खाद्यन्नलाई आधारभूत रुपमा लागु हुने खाद्य मापदण्डअनुसार अहिले बजारमा प्रचलनमा रहेका खाद्यान्नलाई जैविक मापदण्ड तोक्न लागिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजनले बताए । यस्तो मापदण्डले खाद्य वस्तुको गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षा दुवै हुने उनको भनाइ छ । यस्ता खाद्य वस्तुहरु सबैलाई लागु हुने समान खाद्य मापदण्ड जस्तै, रङ्ग हाल्न नपाईने, ढुसी आएको हुन नहुने, गन्हाउने नहुने मर्हजनले बताए ।

‘अहिले यस्ता खाद्य वस्तुहरु होरिजेन्टल स्ट्याण्डर्ड अनुसार बजारमा बिक्रीमा छन् अब हामीले जेनेरिक स्ट्याण्डर्ड निर्माण गर्दैछौं,’ वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मर्हजनले भने । सरकारले राज पत्रमा सूचना निकालेर १३५ वटा खाद्य पदार्थको खाद्य स्तर अनिवर्या निर्धारण गर्न गरेको घोषणाअनुसार विभागले यो प्रक्रिया अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?