+
+

अशोक लेलैण्डद्वारा नगरपालिका र अस्पताललाई शववाहन हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १९:१५

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले विभिन्न नगरपालिका र अस्पतालहरुलाई शववाहन हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शववाहन हस्तान्तरण गरिएको हो ।

अस्पतालले प्रयोग गर्दै आइरहेको शववाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको र महामारीको समयमा थप शववाहन आवश्यकता भइरहेको समयमा अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन खरिद गरिएको अस्पतालका एक प्रमुखलाई उदृत गर्दै कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खरिद गरिएको शववाहन अहिले सम्मकै ठूलो र फराकिलो रहेको उनले बताए ।

आईएमई मोटर्सले शववाहनसहित विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?