
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा आफ्नो शाखा विस्तार गरेको छ ।
सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आइतबार एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
शाखाको उद्घाटन गर्दै बैंकका अध्यक्ष पौडेलले आफ्ना ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि अनुरोध गरेका थिए ।
सानिमा बैंकको सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4