
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीमा ‘बा’को लिस्टको कुनै अर्थ नहुने बताएका छन् ।
शेखर कोइराला प्यानलले आइतबार गरेको पत्रकार सम्मेलनमा महामन्त्रीका उम्मेदवार थापाले भने, ‘एमालेको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु नारायणी किनारबाट होटल हेरेर ‘बा’ले कुन लिस्ट ल्याउनुहुन्छ भनेर पर्खेर बसेका देखिन्थे । तर कांग्रेसमा त्यस्तो छैन ।’
उनले अघि भने, ‘यहाँ कुनै बा (शेरबहादुर देउवा) ले बनाएको लिस्टको अर्थ छैन । महाधिवेशन प्रतिनिधिले नै मतदान गरेर नेतृत्व छान्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4