+
+

एम्बाप्पेको दुई गोलमा पीएसजी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ७:३१

२७ मंसिर, काठमाडौं । केलिएन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मने (पीएसजी)ले फ्रेन्च लिग वानमा आइतबार राति मोनाकोलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी टाइममा लिओनल मेस्सीको पासमा दोस्रो गोल गरेका थिए ।

यससँगै एम्बाप्पेले फ्रेन्च लिग वानमा पीएसजीका लागि आफ्नो एक सयौँ गोल पूरा गरेका छन् ।

जितपछि लिग लिडर पीएसजीको १८ खेलबाट ४५ अंक जोडेको छ । जुन दोस्रो स्थानको मार्सेभन्दा १३ अंकले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment