+
+

सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १२:३०

२७ मंसिर, काठमाडौं । संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको आज एन्टिजेन परीक्षण सुरु गरिएको छ ।

मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।

संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ ।

बिहान ११ बजेदेखि सुरु भएको परीक्षण दिउँसो तीन बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरीक्षण पनि गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गरेकी छन् ।

यसअघि गत कात्तिक २५ गते राति १२ बजेदेखि संघीय संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?