योजना आयोगका उपाध्यक्षले भने- शेयर बजारलाई साम्राज्यवादको साधन भन्नु गलत


२७ मंसिर, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले शेयर बजार जुवा वा साम्राज्यवादको साधान भन्नु गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा शेयर बजारबारे आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष पौडेलले शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम भएको टिप्पणी गरेका छन् ।
यसअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष ए्रव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धितोपत्र साम्राज्यवादको विकसित रुप भएको भन्दै पुँजीको लगानी पुँजीमै हुनु दुखद भएको बताएका थिए । प्रचण्डको अभिव्यक्तिले शेयर लगानीकर्ताहरुमा निकै चर्चा पाइरहेका बेला योजना आयोजका उपाध्यक्षले यस्तो धारणा सार्वजनिक गरेका छन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा आफूले सरकार अस्थिरताको पक्षमा नरहेको स्पष्ट पारेको भन्दै प्रधानमन्त्री शरबहादुर देउवालार्य पनि पुँजी बजार र ब्इाजदर स्थिर हुनु नै देशका लागि राम्रो हुने बताएको पौडेलले उल्लेख गरेका छन् । शेयर धितोमा प्रवाह हुने ऋणमा लगाइएको ४/१२ को सीमाका विषयमा पनि उनले राष्ट्र बैंकलाई प्रश्न उठाएका छन् ।
उनले भनेका छन्, ‘४-१२ को नीति आएपछि कति साधारण लगानिकर्ताले ऋण पाए, उक्त नीति कत्तिको प्रभावशाली भयो भन्ने बारेमा हामी अझै तथ्यांकको प्रतिक्षामा छौं ।’
शेयर बजारमा निकै घटिरहेको छ । बजार लगातार घटिरहदा लगानीकर्ताहरुले ठूलो पुँजी गुमाइसकेका छन् । त्यसतर्फ इंकित गर्दै उपाध्यक्ष पौडेलले अर्थमन्त्रालय तथा राष्ट्र बैंकका जिम्बेवार व्यक्तिले पुँजी बजारका विषयमा कम बोल्नु पर्ने बताएका छन् । आफू अनुकुल हुने गरी कतिपयले हल्ला फैलाउने जस्ता कामहरु गरेको भन्दै उनले यस्तो अवस्थामा साना लगानिकर्तालाई बचाउनु जरुरी रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4