+
+

भ्लादिमिर पुटिनले आर्थिक संटक टार्न कुनै बेला ट्याक्सी चलाउँथे

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १३:०९

२७ मंसिर, काठमाडौं। विश्व राजनीतिक रंगमञ्चमा प्रभावशाली व्यक्तिको सूचीमा पर्ने एउटा हो-भ्लादिमिर पुटिन । पुटिन रुसका राष्ट्रपति समेत हुन् । उनको कार्यकालमा रुसले निकै प्रगति गरेको छ ।

कुनै बेला आर्थिक संटक टार्न पुटिनले ट्याक्सी चलाउँथे भन्दा अचम्म लाग्ला । तर यो साँचो हो किनभने उनी आफैंले एक अन्तर्वार्तामा राति लुकेर ट्याक्सी चलाउने गरेको बताएका छन् ।

पुटिनले आइतबार प्रसारण गरिएको ‘रसिया, ल लेटेस्ट हिस्ट्री’ नामक वृत्तचित्रमा बोल्दै ९० को दशकतिर आर्थिक संकट नआओस् भनेर नयाँ काम गर्न थालेको बताएका छन् । सोभियत संघको पतनपछि देखा परेको आर्थिक संकट टार्न अरुले जस्तै आफूले पनि नयाँ काम गरेको उनको भनाइ थियो ।

‘कहिलेकाहीँ मैले अतिरिक्त पैसा कमाउनु परेको थियो’, पुटिनले भने, ‘मैले ड्राइभरको रुपमा कार चलाएर कमाइने थप पैसा भन्न खोजेको हुँ । यो कुरा गर्दा नराम्रो लाग्न सक्छ तर यो साँचो हो ।’

९०को दशकतिर रुसमा ट्याक्सी एउटा दुर्लभ कुरा थियो । कार भएका कैयौं मानिसले अरुलाई लिफ्ट दिएर बिहान बेलुकाको छाक टार्ने गर्थे । त्यस्तै, कतिपयले एम्बुलेन्सलाई कारको रुपमा प्रयोग गरेर पैसा कमाउँथे ।

रसियन टिभीमा प्रसारण भएको वृत्तचित्रमा १९९१ मा सोभियत संघको पतनपछि रुसमा देखा परेको उचार-चढावपूर्ण घटना, आर्थिक संकट र पछिल्लो प्रगति चित्रण गरिएको छ ।

पुटिनले वृत्तचित्रमा ‘कम्तिमा एक जना सीआईएका सदस्य’ले ९० को दशकमा रुसी सरकारको सल्लाहकारको रुपमा काम गरेको कुरा आफूलाई थाहा भएको पनि बताएका छन् ।

यसअघि पुटिनले बिहीबार मानव अधिकारकर्मीको एक प्यानलसँग कुरा गर्दै त्यतिबेला अमेरिकी खुफिया एजेन्सीले रुसको शक्ति संचरनाभित्र घुसपैठ गरेको तर आफू राष्ट्रपति भएपछि उनीहरूलाई हटाएको बताएका थिए ।

पुटिन सोभियत संघको सुरक्षा एजेन्सी केजीबीका पूर्व एजेन्ट समेत हुन् । उनले ९० को दशकमा सेन्ट पिटर्सबर्गका मेयर एनाटोली सोबसाकको कार्यालयमा काम गर्थे । तर उनी पछि केजीबीको जागिर छोडेर राजनीतिमा आएका थिए । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?