+
+

माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन

नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) गण्डकी प्रदेशमा अध्यक्षबाहेक पदाधिकारी छनोट नगरी कमिटी गठन गरेको छ । माओवादी केन्द्रको पहिलो प्रदेश अध्यक्षमा यायत्री गुरुङ चुनिएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १८:३१

२७ मंसिर, पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । अरु पदाधिकारी भने चुनिएका छैनन् ।

गुरुङ नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिव समेत रहेकी गुरुङ माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।

पार्टीको पहिलो प्रदेश अधिवेशनले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने गुरुङको भनाइ छ । प्रदेश अध्यक्ष बन्न केन्द्रीय र प्रदेश सदस्यहरुले पनि आकांक्षा देखाएका थिए । तर, केन्द्रीय सदस्यले प्रदेशमा अरुलाई नै जिम्मेवारी छोड्ने माओवादी केन्द्रको स्थायी समितिको पछिल्लो निर्णय अनुसार नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिए ।

नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् । ८ जना पदाधिकारीसहित २ सय २९ सदस्यीय समितिमा २ सय १ सदस्य छनोट भएको केन्द्रीय सदस्य गुरुङले बताए ।

१५ दिन अगाडि नै सम्पन्न भएको नेकपा माओवादी केन्द्रको पोखरा महानगर अधिवेशनले संगठनात्मक समिति बनाए पनि पदाधिकारी भने अझै चुन्न सकेको छैन । आकांक्षी धेरै हुँदा सर्वसम्मत गर्ने नाउँमा ९९ सदस्यीय कमिटीमात्र घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?