+
+

झापाको सुरुङ्गा बजारमा माछापुच्छ्रे बैंकको क्यूआरकोड सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १८:०७

काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्थानीय व्यवसायीहरुलाई क्यूआरकोड हस्तान्तरण गरी डिजिटल कारोबारको शुरुवात गरेको हो ।

कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले उक्त सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङको अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए ।

माछापुच्छ्रे बैंक पूर्वीक्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले सञ्चालन गरेका कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश नम्बर-१ का प्रदेश प्रमुख दिपेन्द्रप्रसाद वाग्ले र दायित्व तथा बाहिय मामिला विभाग उपप्रमुख प्रतिमा पाण्डेको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?