+
+

प्रकाशमानसँग सल्लाह गरेर निर्णय लिन्छु : निधि

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ९:२८

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु छलफलमा जुटेका छन् ।

मंगलबार बिहान सकिएको मतदानमा शेरबहादुर देउवाले २२५८ मत पाए पनि सभापतिमा निर्वाचित हुन ५८ मत पुगेन । अब उनी र दोस्रो धेरै मत (१७४०) ल्याएका शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

दुबैको ध्यान सभापतिको उम्मेदवार रहेका, तर दोस्रो चरणको मतदानबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधितिर हुनेछ । देउवालाई समर्थन गर्न आग्रह गर्न गृहमन्त्री बालकृष्ण खाँण नेता सिंहको निवासमा पुगेका छन् ।

अर्का उम्मेदवार निधिले पनि आफू छलफलमा रहेको बताए । अर्का नेता प्रकाशमान सिंहसँग सल्लाह गरेर एउटा निर्णयमा पुग्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?