+
+

राष्ट्रिय सभामा माओवादी केन्द्रको प्रमुख सचेतक अछामी

नेकपा माओवादी केन्द्रका गोपी अछामीले राष्ट्रिय सभा दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:४८

२८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका गोपी अछामीले राष्ट्रिय सभा दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।

यसैगरी सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारी चयन भएका छन् ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतक, सचेतक र सचिवको जिम्मेवारी तोकेको हो ।

बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?