
काठमाडौं । लक्ष्मी बैंकले दिगो वातावरणप्रतिको प्रतिवद्धतालाई निरन्तरता दिने क्रममा पछिल्लो कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) मा सामावेश भएको छ ।
पीक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्यांकन र जानकारीमा सहयोग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि पीक्याफको विधिलाई वित्तिय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्यांकन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।
लक्ष्मी बैंकले पीक्याफमा सामेल भई नेट-शून्य भविष्यतर्फ अग्रसर हुँदै कोप-२६ मा नेपालको राष्ट्रिय प्रतिवद्धतालाई समेत सहयोग पुग्नेछ । यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनको माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेको छ।
‘हाम्रो व्यवसायबाट हुने वित्तीय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्यांकन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ,’ लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, ‘पीक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंकको ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौं।’
प्रतिक्रिया 4