
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान साढे ३ बजे शुरु हुनेछ । त्यसपछि आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलन गरेका डा. कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’
कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको उनले बताए । उनले अघि भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु ।’
साथै दोस्रो चरणको मतदानबाट आफू विजयी हुने विश्वास व्यक्त गरेका कोइरालाले परिणाम स्वीकार गर्ने बताए ।
प्रतिक्रिया 4