+
+

कैलालीमा चोरी गरिरहेको अवस्थामा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १५:५१

२८ मंसिर, धनगढी । कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान करीब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकैको उग्रतारा ट्रेडिङ हाउसमा ताला तोडेर चोरी गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शान्तिनगरका लोकेन्द्र सिंह सामन्त, उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका–८ बस्ने विकास नेपाली र धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने बिबेक साउद रहेका छन् ।

उनीहरु विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?