+
+
Shares

इन्डो-प्यासिफिक क्षेत्रमा सैन्य एवं आर्थिक सम्बन्ध बढाउँछौं : अमेरिकी विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १९:५३

२८ मंसिर, काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले इन्डो-प्यासिफिक क्षेत्रका साझेदार मुलुकसँग अमेरिकाले सैन्य तथा आर्थिक सम्बन्ध विस्तार गर्ने बताएका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणका क्रममा इन्डोनेसिया पुगेका विदेशमन्त्री ब्लिङ्केनले इन्डो-प्यासिफिक क्षेत्रका साझेदार मुलुकसँग अमेरिकाले सैन्य एवं आर्थिक सम्बन्ध विस्तार गर्ने बताएका हुन् ।

इन्डो-प्यासिफिक क्षेत्र विश्वकै तरल क्षेत्र रहेको र चिनियाँ आक्रामक व्यवहारका कारण उक्त क्षेत्रमा थप चिन्ता बढेको पनि उनको भनाइ थियो ।

कुनै दबाव र धम्कीबिनै इन्डो-प्यासिफिक क्षेत्रको यथास्थिति सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको भन्दै सहयोगी राष्ट्रसँग मिलेर आफूहरूले नियममा आधारित व्यवस्था रक्षा गर्ने पनि ब्लिङ्केनले बताए ।

‘हामीले यो क्षेत्रलाई खुला र पहुँचयोग्य बनाउनका लागि दशकौं लगाएर निर्माण गरेको नियममा आधारित व्यवस्था रक्षाका लागि आफ्ना सहयोगी एवं साझेदारसँग सहकार्य गर्नेछौं’, जाकार्तास्थित इन्डोनेसिया विश्वविद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ब्लिङ्केनले भने ।

‘म एउटा कुरा प्रस्टसँग भन्न चाहन्छु- नियममा आधारित व्यवस्था रक्षा गर्नुको उद्देश्य कुनै मुलुकलाई होच्याउनु होइन’, उनले थपे, ‘दबाब र धम्कीबिनै आफ्नो मार्ग छनौट गर्न सक्ने गरी सबै मुलुकको अधिकार रक्षा गर्नु हो ।’

दक्षिण चिनियाँ सागरमf स्वतन्त्र यात्रा (फ्रिडम अफ नेभिगेसन) सुनिश्चित गर्न अमेरिका दृढ रहेको पनि ब्लिङ्केनले प्रस्ट पारे । ‘हामी दक्षिण चिनियाँ सागरमा स्वतन्त्रतापूर्वक यात्रा गर्ने कुरा सुनिश्चित गर्न दृढ छौं’, उनले भने ।

अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रका मुलुकलाई चीन र अमेरिकामध्ये एकलाई रोज्न बाध्य नपारेको वा चीनसँग द्वन्द्व चाहेको पनि ब्‍लिङ्केनले बताए । उत्तरपूर्वी एसियादेखि दक्षिणपूर्वी एसियासम्म र मेकङ नदीदेखि प्यासिफिक टापूसम्म चीनले आक्रामक व्यवहार देखाएको गुनासो आएपछि अमेरिकाले चासो राखेको उनको भनाइ थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?