+
+
टिप्पणी :

शेयर लगानीकर्ता : किन आत्तिन्छन्, किन मात्तिन्छन् ?

शेयर बजार भनेकै जोखिमको बजार हो । यहाँ जोखिम हेरेर नै लगानी गर्ने हो । जोखिम हेरेर बुझेर लगानी गर्न सक्नेले कमाउने र केही नुबझी लहलहैमा लगानी गर्नेहरूले गुमाउने सम्भावना समेत रहेकाले सोच विचार गरी लगानी गर्नुपर्ने हुन्छ

रोयल आचार्य रोयल आचार्य
२०७८ मंसिर २९ गते १०:५०
फाइल तस्वीरः पुँजी बजार विकास र विस्तारका लागि भन्दै आन्दोलनमा सहभागी लगानीकर्ताहरु नेप्सको कार्यालय अगाडि ।

नेपाली शेयर बजारका लागि एउटा ऐतिहासिक दिन बन्यो । त्यसदिन नेप्से परिसूचक ३२०३.४३ अंकमा पुगेको थियो । नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरे पनि शेयर लगानीकर्ताहरूले यसलाई सामान्य रूपमै लिएका थिए । किनकि नेप्से परिसूचकले भदौ अघि पनि लगातार नयाँ-नयाँ उँचाइ कायम गरिरहेको थियो । ३२०० नाघिसकेको भोलिपल्ट नेप्से परिसूचक दोहोरो अंकले घट्यो । यसलाई पनि लगानीकर्ताले सामान्य रूपमै लिए । तेस्रो दिन पनि नेप्से परिसूचक घट्यो, यसलाई लगानीकर्ताले सामान्य करेक्सन भने ।

केही दिनपछि बजार दोहोरो अंकले बढ्यो, यसलाई लगानीकर्ताले सामान्य करेक्सन पछिको ‘बुलिस’ बताए । शेयर बजारको भाषामा बजार लगातार बढ्ने क्रमलाई ‘बुलिस’ र घट्ने क्रमलाई ‘वियरिस’ ट्रेण्ड भन्ने गरिन्छ । तर त्यसको भोलिपल्टै बजार घट्यो । ३२०० नाघिसकेको नेप्से कहिले घट्दै कहिले बढ्दै ३००० तल झरेपछि पनि घट्ने क्रम रोकिएन ।

नेप्से परिसूचक २९०० मा र्झन लागेपछि शेयर बजारका केही विश्लेषकहरूले भने-बजारमा २८०० को टेको छ । तर त्यो टेको पनि भाँचियो । नेप्से परिसूचक घट्ने क्रम रोकिएन । बजार कहिले बढ्ने त कहिले घट्ने क्रम चलिनै रहृयो । बजार घट्ने वा बढ्ने क्रम भनेको शेयर बजारका लागि सामान्य प्रक्रिया हो । नेपाली शेयर बजारमा सार्वजनिक बिदा बाहेक हप्तामा पाँच दिन कारोबार खुला हुन्छ ।

चालू आर्थिक वर्षको दोस्रो महीनादेखिको तथ्यांक हेर्ने हो भने औसतमा तीन दिन बजार घट्दा एक दिन बजार बढेको छ । ३०० अंकले बजार घटेपछि १०० अंक भन्दा पनि कम मात्रै बजार बढेको छ । बढ्दा ठूलो अंकले बढ्ने र घट्दा सानो अंकले घट्ने क्रम चलिरहृयो । बजार घटिरहँदा शेयर बजारका जानकारहरूले यो केवल ‘करेक्सन’ मात्रै भएको भनिरहे । शेयर बजारमा करेक्सन भन्नाले धेरै बढेपछि थोरै घटेको भन्ने बुझ्नुपर्छ । तर यहाँ धेरै नै घटिसकेको थियो । अहिले शेयर बजारका विषयमा जानकारहरू नै बजार घट्नुको प्रमुख कारणमध्ये एक भनेको शेयर धितोमा जाने कर्जामा लगाइएको क्याप भएको बताउँछन् ।

राष्ट्र बैंकले ल्याएको मौदि्रक नीतिले अधिकतम १२ करोड रुपैयाँ भन्दा बढी शेयर धितो कर्जा लिन नपाइने व्यवस्था गरिदिएको छ । ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु.४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु.१२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ’ मौऽकि नीतिमा भनिएको छ । राष्ट्र बैंकको यो व्यवस्था पछि एक दिन शेयर बजार राम्रै बढ्यो । त्यसपछि भने बजार बढ्ने भन्दा धेरै घट्ने क्रममा लाग्यो ।

शेयर बजारका जानकारहरूले बताउने अर्को कारण भनेको बैंक तथा वित्तीय संस्थामा भएको लगानी योग्य रकमको अभाव हो । बैंकहरूमा तरलताको असर शेयर बजारमा पक्कै पर्छ । कोरोनाका कारण देशभर लकडाउन हुँदा अन्यत्र लगानी हुन नपाएको रकम पनि शेयर बजारमा लगानी भएका कारण बढेको सहज अनुमान लगाउन सकिन्छ । तर देशमा लकडाउन पनि खुलेको र शेयर धितोमा जाने कर्जाको सीमा समेत तोकिएको असर बजारमा देखा पर्‍यो ।

शेयर बजार भनेकै जोखिमको बजार हो । यहाँ जोखिम हेरेर नै लगानी गर्ने हो । जोखिम हेरेर बुझेर लगानी गर्न सक्नेले कमाउने र केही नुबझी लहलहैमा लगानी गर्नेहरूले गुमाउने सम्भावना समेत रहेकाले सोच विचार गरी लगानी गर्नुपर्ने हुन्छ

मौदि्रक नीतिको पहिलो त्रैमासिक समीक्षामा यो शेयर धितोमा जाने कर्जामा गरिएको कडाइ खुकुलो हुने शेयर लगानीकर्ताहरूको स्वाभाविक अपेक्षा थियो । किनकि अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले नै शेयर बजार सम्बन्धी अप्ठेरो पर्ने नीति सच्याउन अर्थमन्त्रीले आग्रह गरेको समाचार बाहिर ल्याएको थियो । १० मंसीरमा राष्ट्र बैंकले मौदि्रक नीतिको समीक्षा गर्‍यो, तर शेयर बजार सम्बन्धी नीतिलाई चलाएन ।

मौदि्रक नीति शुक्रबार सार्वजनिक गरिएको थियो, त्यसको असर आइतबारको शेयर बजारमा देखियो । मौदि्रक नीतिको समीक्षा सार्वजनिक भएपछि मंगलबार हालसम्मकै उच्च अंकले शेयर बजार बढेको हो । मौदि्रक नीति सार्वजनिक पछि र मंगलबार बजार बढ्नुका बीचमा पनि शेयर बजारमा हंगामा ल्याउने निकै घटना भए । सबैभन्दा चर्चामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भाषण रहृयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूँजी बजार साम्राज्यवादको नयाँ रूप भएको भन्दै पूँजीको लगानी उद्योगमा नभएर पूँजीमै हुनु दुःखद् भएको बताए । सत्तारुढ दल माओवादीकै नेता जनार्दन शर्माले अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका बेला आएको यस्तो अभिव्यक्तिले शेयर बजारका विषयमा एउटा बहस सिर्जना गर्‍यो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले प्रचण्डको अभिव्यक्तिको खण्डन गरे भने विवेकशील साझा पार्टीले विज्ञप्ति नै जारी गरेर आपत्ति जनायो । सोमबार भने अर्थमन्त्री शर्माले सार्वजनिक मञ्चबाटै शेयर बजारका विषयमा आफू सकारात्मक भएको बताए भने प्रचण्डको सचिवालयले पनि साना लगानीकर्ताको लगानी संरक्षणका लागि पहल गर्ने बतायो । सोमबारका यावत् गतिविधि पछि मंगलबार भने शेयर बजारमा निकै ठूलो उत्साह देखियो ।

शेयर बजार सामान्य गतिमा बढ्ने मात्रै होइन उफ्रियो नै । तीन पटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेर बजारमा पूरा समय कारोबार समेत हुन सकेन । शेयर बजारमा भदौ यता देखिएका यी घटनाहरू बिर्साउने काम मंगलबारको बजारले गरेको छ । धेरै लगानीकर्ताहरू अब बजार र्फकने अपेक्षामा छन् ।

मंगलबार बजार कसरी यति धेरै बढ्यो त ? यसको जवाफ पाउन बढेको अंक मात्रै होइन शेयर कारोबार संख्या र कारोबार रकम हेर्ने हो भने थोरै बुझ्न सकिन्छ । सस्तोमा शेयर बिक्री गरे मूल्य घट्ने हो । महँगोमा पाए बेच्छु नत्र बिक्री नै गर्दिनँ भन्ने हो भने कि त बजार बढ्छ कि त बजार स्थिर रहन्छ । मूल्य घट्न वा बढ्नका लागि कारोबार हुनुपर्छ ।

मंगलबारको कारोबार रकम सोमबारको आधा भन्दा कम छ । यसले के बुझिन्छ भने बिक्रीकर्ताहरू सस्तोमा शेयर बेच्न तयार भएनन् । क्रेताहरूले बढाएर शेयर खरीद गरेका छन् । तर मंगलबारको बजार पछि लगानीकर्ताहरू दुई भागमा विभाजित छन् । एकथरी लगानीकर्ताहरू अब बजार फर्कियो भन्नेमा छन् भने अर्कोथरी लगानीकर्तामा धेरै उफ्रियो भने थेचारिन्छ भन्ने डर समेत छ ।

मंगलबार निकै माथि उफ्रिएको बजार बुधबार भुईंमा बजारिने त होइन भन्ने आशंका लगानीकर्ताहरूमा छ । बजार घट्ने क्रम शुरू भएदेखि सावाँ नभई बिक्री गर्दिनँ भन्ने लगानीकर्ताहरूको अर्को समूह जसले अझै पर्ख र हेरको रणनीति नै अवलम्बन गरेका छन् । अहिले लगानीकर्ताहरूले ध्यान दिनुपर्ने महत्वपूर्ण विषय के हो भने बजार हृवात्तै अब माथि गइहाल्ला भनेर निकै मक्ख परेर धेरै शेयर किन्ने वा बजार आज बढ्नु बढिहाल्यो भोलि बेचिहाल्छु भनेर सोच्ने होइन ।

शेयर बजारमा मूल्य घटबढ हुनु सामान्य विषय हो । आज बढेको बजार भोलि घट्यो भने यसलाई सामान्य नै मान्नुपर्छ । भोलि घटेर पर्सि बढ्यो भने पनि यो शेयर बजारको सामान्य प्रक्रिया नै हो । शेयर बजारबाट पैसा कमाउनका लागि घटेको बेला शेयर किन्ने र बढेको बेला बिक्री गर्ने हो । हुनत, लगानीकर्ताहरूले कुन कम्पनीले राम्रो प्रतिफल दिन सक्छ ? भनेर हेरेर, बुझेर लगानी गर्ने हो । तर हाम्रो शेयर बजारमा लाभांश खानका लागि लगानी गर्ने भन्दा पनि शेयर मूल्य बढेर कमाउँछु भन्ने मानसिकताका कारण पनि अलि बढी जोखिम छ ।

अब मूल्यमै नाफा खोज्ने कारोबारीहरूले पनि बजार घट्नु वा बढ्नुलाई सामान्य रूपमा बुझी अलि राम्रो व्यवस्थापन भएका, राम्रो प्रतिफल दिनसक्ने र राम्रोसँग सञ्चालन भइरहेका कम्पनी हेरेर लगानी गर्ने हो भने पक्कै राम्रो हुनेछ । शेयर बजार भनेकै जोखिमको बजार हो । यहाँ जोखिम हेरेर नै लगानी गर्ने हो । जोखिम हेरेर बुझेर लगानी गर्न सक्नेले कमाउने र केही नुबझी लहलहैमा लगानी गर्नेहरूले गुमाउने सम्भावना समेत रहेकाले सोच विचार गरी लगानी गर्नुपर्ने हुन्छ । राम्रा कम्पनीमा लगानी गर्ने हो भने कसैले कहीं भाषण गरेर बजार बढाइदिए वा घटाइदिए भन्नुपर्ने अवस्था आउँदैन । शेयर बजार बढ्दा मात्तिने र घट्दा आत्तिनेले गर्दा जोखिम झनै बढाउँछ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?